मिति: 2082-03-25
स्वतन्त्र वैदेशिक उद्दार श्रमिक संघले वैदेशिक रोजगारीको नाममा ठगिएका र अमानवीय स्थितिमा अलपत्र परेकी एक नेपाली श्रमिकको सफल उद्दार गरेको छ।
सल्यान जिल्ला, कामचे गा.वि.स वडा नं ३ निवासी श्रीमती सरिता कुवर ज्यूलाई कुवेतमा घरेलु कामदारको रूपमा काम लगाइने भनी दलाल र मानव तस्करहरूको जालमा पारिएको थियो। सुरुमा कम्पनीको कामका लागि भनेर विभिन्न प्रलोभन र झूटा आश्वासनहरू दिइ उनलाई कुवेत पठाइएको थियो।
तर कुवेत पुगेसँगै उनको वास्तविकता फरक रह्यो। घरेलु काममा लगाइ एकदमै अमानवीय व्यवहार, शारीरिक र मानसिक शोषण, तथा बन्दीझैँ जीवन बिताउन उनले बाध्यता झेल्नुपर्यो। परिवारसँग सम्पर्क गर्न पनि असहज बनाइएको थियो, जसले गर्दा उनी निकै लामो समयसम्म अलपत्र र एक्लो अवस्थामा रहनु पर्यो।
श्रीमती कुवरको अवस्था थाहा पाएपछि, स्वतन्त्र वैदेशिक उद्दार श्रमिक संघले सम्बन्धित निकायहरूसँग समन्वय गरी उनको स्थान पहिचान गर्ने, कागजी प्रक्रिया अगाडि बढाउने, र अन्ततः उद्धार गरी सुरक्षित रूपमा नेपाल फर्काउने कार्यमा सफलता हासिल गरेको हो।
संस्थाले यस्ता घटनाहरू दोहोरिन नदिनको लागि श्रमिकहरूलाई सचेत रहन र सुरक्षित तथा प्रमाणित माध्यमबाट मात्र विदेश जाने सल्लाह पनि दिएको छ। साथै, संकटमा परेका अरू नेपाली श्रमिकहरूको उद्दारका लागि संस्थाले आफ्नो अभियानलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।
🙏 हामी श्रीमती सरिता कुवरको उद्दारमा सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गर्दछौं र उहाँको नयाँ सुरुवातको लागि शुभकामना व्यक्त गर्दछौं।



