मिति: २०८२-१-८
स्वतन्त्र वैदेशिक उद्दार श्रमिक संघले वैदेशिक रोजगारीमा गएका बेला कुवेतमा अलपत्र परेका दुई नेपाली श्रमिक महिलाहरूको सफल उद्दार गरेको छ।
उद्धार गरिएका श्रमिकहरू हुन्:
- श्रीमती सोममाया तामाङ, जिल्ला दोलखा, सैलुङ गाउँपालिका–७ निवासी
- श्रीमती [नाम उल्लेख नगरिएको], जिल्ला मकवानपुर, गढीमाई नगरपालिका–५ निवासी
यी दुवै महिला घरेलु कामका लागि कुवेत पुगेका थिए। तर दुर्भाग्यवश, उनीहरू अमानवीय व्यवहार, श्रम शोषण, सम्पर्कविहीनता, र असुरक्षित बसोबासको कारणले अलपत्र अवस्थामा पुग्न बाध्य भएका थिए। दिनप्रतिदिन उनीहरूको अवस्था गम्भीर बन्दै गइरहेको सूचनाको आधारमा, संस्थाले तुरुन्तै उद्धार प्रक्रिया अघि बढाएको हो।
संस्थाको पहलमा, कुवेतस्थित नेपाली समुदाय, मानव अधिकार संस्थाहरू, र सहयोगी निकायहरूसँग समन्वय गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै २०८२ साल बैशाख ८ गते ती श्रमिक महिलाहरूको सफल उद्दार सम्पन्न गरियो।
संस्थाले यस्ता घटनाहरू दोहोरिन नदिन श्रमिकहरूलाई सजग, सचेत र सुरक्षित माध्यमबाट विदेश जाने आग्रह गर्दै आएको छ।
🙏 हामी उद्धारमा सहयोग पुर्याउने सबै निकाय र व्यक्तित्वहरूप्रति आभार प्रकट गर्दछौं, र उद्दार गरिएका महिलाहरूको नयाँ जीवन सुरुवातको सफलताको कामना गर्दछौं।



