कुवेतमा अलपत्र परेकी पार्वती नेपालीको सफल उद्दार

493262578 122253798182072302 8364440046709371982 n

मिति: २०८२-१-१३

स्वतन्त्र वैदेशिक उद्दार श्रमिक संघले वैदेशिक रोजगारीका क्रममा कुवेतमा अलपत्र परेकी एक नेपाली श्रमिकको सफल उद्दार गरेको छ।

उद्धार गरिएकी श्रमिक हुन् जिल्ला रामेछाप निवासी श्रीमती पार्वती नेपाली। घरेलु कामको सिलसिलामा कुवेत पुगेकी पार्वती नेपाली ज्यू विभिन्न कारणले श्रम शोषण, मानसिक तनाव, र संचारविहीन अवस्थाको सामना गर्दै अलपत्र बस्न बाध्य हुनु भएको थियो।

उहाँको अवस्था बारे जानकारी प्राप्त भएपछि, संस्थाले द्रुत रूपमा अनुसन्धान र समन्वय प्रक्रिया सुरु गर्‍यो। कुवेतमा रहेका मानवअधिकार समुह, नेपाली समुदाय, र सहयोगी संस्थाहरूको साथमा पार्वती ज्यूलाई सुरक्षितरूपमा उद्दार गरी नेपाल फर्काउने कार्य २०८२ साल बैशाख १३ गते सफलतापूर्वक सम्पन्न गरियो।

यो उद्दार कार्यले फेरि एकपटक देखाएको छ कि संकटमा परेका नेपाली श्रमिकहरूको जीवन रक्षा र पुनःस्थापनाका लागि संवेदनशीलता, सक्रियता, र सहकार्य अत्यन्त आवश्यक छ।

🙏 हामी श्रीमती पार्वती नेपाली ज्यूको नयाँ सुरुवातको सफलताको कामना गर्दछौं, र उद्धार प्रक्रियामा संलग्न सम्पूर्ण सहयोगीहरूप्रति गहिरो आभार व्यक्त गर्दछौं।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top