मिति: २०८२-१-१०
स्वतन्त्र वैदेशिक उद्दार श्रमिक संघले वैदेशिक रोजगारीको नाममा संकटमा परेकी एक नेपाली श्रमिकको कुवेतबाट सफल उद्दार गरेको छ।
उद्धार गरिएकी श्रमिक जिल्ला नुवाकोट, पञ्चकन्या नगरपालिका–५ निवासी श्रीमती सीता कुमारी पाण्डे हुन। वैदेशिक रोजगारीको आशमा कुवेत पुगेकी उहाँ घरेलु काममा लगाइ एक्लो, जोखिमयुक्त र अपमानजनक अवस्थामा बस्न बाध्य हुनु भएको थियो। श्रमिक अधिकार नपाउनुका साथै, सञ्चारका माध्यमहरू पनि अवरुद्ध गरिएकाले उहाँ परिवारसँग सम्पर्क गर्न नसक्ने अवस्थामा थिइन्।
उहाँको अवस्था थाहा पाएपछि स्वतन्त्र वैदेशिक उद्दार श्रमिक संघले तत्काल उद्धार प्रक्रिया सुरु गर्यो। कुवेतस्थित नेपाली समुदाय, मानवअधिकार संस्थाहरू, तथा स्थानीय निकायहरूसँग समन्वय गरी आवश्यक प्रक्रिया पुरा गर्दै, अन्ततः २०८२ साल बैशाख १० गते उहाँलाई सुरक्षितरूपमा उद्दार गर्न सफल भयौं।
यस सफल उद्दार कार्यमा संलग्न सबै सहयोगी संस्था, व्यक्तित्व, र सहकर्मीहरूप्रति संस्था हार्दिक कृतज्ञता प्रकट गर्दछ।
🙏 श्रीमती सीता कुमारी पाण्डे ज्यूको नयाँ जीवन यात्राको सफलताको कामना गर्दै, हामी सबै नेपाली श्रमिकहरूलाई सुरक्षित, जानकारीमूलक र अधिकारसहितको आप्रवासनको मार्ग रोज्न अनुरोध गर्दछौं।



