मिति: २०८२-२-११
स्वतन्त्र वैदेशिक उद्दार श्रमिक संघले फेरि एकपटक संकटमा परेकी नेपाली श्रमिकको सफल उद्दार गरेको छ।
यसपटक कुवेतमा घरेलु कामका लागि गएकी जिल्ला सर्लाही, लालबन्दी नगरपालिका वडा नम्बर १५ निवासी श्रीमती आशा माया स्याङतान ज्यूलाई अलपत्र अवस्थामा उद्धार गर्न हामी सफल भएका छौं।
श्रीमती स्याङतान वैदेशिक रोजगारीको आशमा कुवेत पुगेकी थिइन्। तर त्यहाँ पुगेपछि उनले अत्यन्तै कठिन परिस्थितिमा घरेलु काम गर्नुपरेको थियो। श्रम शोषण, असहज बासस्थान, र सञ्चार सम्पर्कको अभावका कारण उहाँ लामो समयसम्म अलपत्र अवस्थामा बस्न बाध्य हुनु भयो।
संस्थामा प्राप्त उजुरी तथा सूचनाको आधारमा हामीले तत्काल उद्धार प्रक्रिया सुरु गर्यौं। कुवेतस्थित सम्बन्धित निकाय र मानव अधिकार संस्थासँग समन्वय गरी आवश्यक कागजातहरू व्यवस्थापन गर्दै, अन्ततः २०८२ साल जेठ ११ गते उहाँलाई सुरक्षित रूपमा उद्धार गर्न सकिएको हो।
हामी सबै नेपाली श्रमिकहरूलाई सुरक्षित आप्रवासनको सन्देश दिन चाहन्छौं—सही जानकारी, प्रमाणित एजेन्ट र आवश्यक कानुनी प्रक्रिया अपनाउनु आजको आवश्यकता हो।
🙏 आशा माया स्याङतानको सफल उद्दारमा सहयोग गर्नुहुने सम्पूर्ण निकाय र व्यक्तित्वहरूप्रति संस्थाले हार्दिक आभार प्रकट गर्दछ।



