दुबईबाट अलपत्र परेका सुरेश लिम्बुको सफल उद्दार

480416543 122233443482072302 7463364249922123842 n

मिति: २०८१-११-५

स्वतन्त्र वैदेशिक उद्दार श्रमिक संघले वैदेशिक रोजगारीको क्रममा दुबईमा अलपत्र अवस्थामा रहेका एक नेपाली श्रमिकको सफल उद्दार गरेको छ।

उद्धार गरिएका श्रमिक हुन् जिल्ला सुनसरी निवासी श्री सुरेश लिम्बु ज्यू। रोजगारीको सिलसिलामा दुबई गएका सुरेश लिम्बु ज्यू रोजगारदाता कम्पनीको गैरजिम्मेवारी, कागजात अभाव, तथा खानपिन र बासको समस्याका कारण मानसिक तथा शारीरिक रूपमा निकै कठिन अवस्थामा अलपत्र परेका थिए।

उहाँको अवस्था थाहा पाएपछि, स्वतन्त्र वैदेशिक उद्दार श्रमिक संघले दुबईस्थित सहयोगी संस्था, नेपाली समुदाय र स्थानीय निकायहरूसँग समन्वय गर्दै उद्धार प्रक्रिया अघि बढायो। आवश्यक कागजी प्रक्रिया तथा सहजीकरणपछि, अन्ततः २०८१ साल फागुन ५ गते उहाँलाई सुरक्षितरूपमा उद्दार गरी स्वदेश फर्काउन सफल भयौं।

यो सफल उद्दार अभियान संस्थाको दृढ प्रतिबद्धता र सहयोगी सञ्जालको सक्रिय सहभागिताको फल हो।

🙏 हामी सुरेश लिम्बु ज्यूको उज्वल भविष्यको कामना गर्दछौं र उद्दारमा सहयोग गर्ने सबै निकाय तथा व्यक्तित्वहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top